Connect IPS
IME Life

आइएमईको दशैँ अफर, पहिलो हप्ताका विजेता सार्वजनिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत पहिलो हप्ताका विजेता सार्वजनिक गरेको छ ।

काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू रोशन शर्मा र अलिसा बराल साप्ताहिक विजेता छनोट भएका छन् । रिया फानान्सियल सर्भिस बेल्जियम र अष्ट्रेलियाबाट पैसा पठाउने विजेताद्वयले जनही २५ हजार प्राप्त गर्नेछन् ।

Prabhu
Crest

सेवाग्राहीहरू कृष्णप्रसाद भुषाल, बोमबहादुर थापा मगर, महेन्द्र मल्ल, निर्मल, शितल कुमार महतो, कृष्ण कुमार कटुवाल र मनोज मेयाङ्गबो दैनिक विजेता छनोट भएका छन् । उनीहरुले एक एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्नुहुनेछ ।

आइएमई दसैँ अफर २०७९

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित रही यस पटकको स्किम संचालन हुनेछ । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ ।

साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही पच्चिस हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई दश लाख उपहार स्वरूप प्रदान गरिनेछ ।

कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ ९तदनुसार सेप्टेम्बर १–नेभेम्बर २, २०२२० सम्म कूल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ ।

यस सम्बन्धि विस्तृत जानकारीका लागि हाम्रा आधिकारिक वेभ पेज, केन्द्रीय कार्यालय, विदेशस्थित हाम्रा सम्पर्क कार्यालयहरू, नेपालका सम्पूर्ण क्षेत्रीय सम्पर्क कार्यालयहरूका अतिरिक्त सम्पूर्ण व्यावसायिक साझेदारसँग उपलब्ध हुनेछ । अफरलाई व्यवस्थित ढंगले संचालन गर्नका लागि कम्पनीले संचालन गरेका सेवा र शर्तहरूको अक्षरस पालन गर्नु गराउनुपर्नेछ ।

अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्र मार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू तथा मिडिया मार्फत सार्वजनिक गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS