काठमाडौं । बुटवल उप-महानगरपालिकाले सडक पेटी खाली गर्न स्थानीवासीलाई आग्रह गरेको छ । उपमहानगरपालिकाले गोलपार्कदेखि योगीकुटि, रामनगर देखि तामनगरसम्म र भित्री सडकहरु समेतमा सडकको क्षेत्राधिकार, सडक पेटी चोक चौराहमा अव्यवस्थित रुपमा रहेका ठेला, टंकी बजार, निर्माणसामाग्री, सवारीपार्किङ, वर्कसप लगायतका सामानहरु राखी अवरोध गर्ने भएकाले यस्तो समान हटाउन आग्रह गरेको हो ।