Connect IPS
IME Life

भारतले कनिका निर्यातमा रोक लगायो, धान चामल निर्यातमा २० प्रतिशत भन्सार बृद्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतले धान र चामलको निर्यातमा भन्सार मूल्य बृद्धि गरेको छ । २० प्रतिशत भन्सार मूल्य बृद्धि गरेसँगै कनिका निर्यातमा भने रोक लगाएको हो । नेपाल दाल चामल उद्योग संघका अनुसार भारतले निर्यात गर्दै आएको सेतो र खैरो धान चामल निर्यातमा २० प्रतिशत कर बृद्धि गरेको हो ।

आर्थिक वर्ष २०७८,०७९ मा नेपालले ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँका धान, चामल र कनिका आयात गरेको थियो । भारतले कर बृद्धि गर्ने निर्णयसँगै नेपालमा चामलको मूल्य महंगो हुने देखिएको छ । साथै नेपालमा कनिकाबाट उत्पादन हुने मदिरा उद्योग तथा दाना उत्पादनमा समेत समस्या आउने देखिएको छ ।

Prabhu
Crest

भारतले आफ्नो उत्पादन घटेको र विश्वमा खाद्य संकटको अवस्था देखिएकाले बजार मूल्य नियन्त्रण गर्न कर बृद्धि गरेको जनाएको छ । भारतका केही राज्यमा कम वर्षाका कारण हालसम्म चलिरहेको सिजनमा धानबालीको क्षेत्रफल ५.६२ प्रतिशतले घटेर ३८३.९९ लाख हेक्टरमा पुगेको छ । चीनपछि विश्वको दोस्रो ठूलो धान उत्पादक भारतको विश्व व्यापारमा ४० प्रतिशत हिस्सा ओगटेको छ ।

भारतले आर्थिक वर्ष २०२१/२२ मा २१.२ मिलियन टन चामल निकासी गरेको थियो, जसमा ३.९४ मिलियन टन बासमती चामल थियो । सोही अवधिमा ६ अर्ब ११ करोड अमेरिकी डलर बराबरको गैर बासमती चामल निकासी गरेको आधिकारिक तथ्यांक रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS