Connect IPS
IME Life

दया फाउन्डेसन कल्चरल भिडियो कन्टेस्ट नेवारी संस्करणको उद्घाटन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मुल्यमान्यतामा आधारित बिषयवस्तुहरु झल्काउने सम्वन्धी कल्चरल भिडियो कन्टेस्टको घोषणा गरेको छ । उक्त कार्यक्रमको समुद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले गरेका हुन् ।

ईन्द्र जात्राको अवसरमा सुरु गरिएको यस प्रतियोगिताका प्रतियोगीहरुले ३ मिनेटसम्मको उल्लेखित बिषयवस्तुमा आधारित भिडियो बनाई प्रस्तुत गर्नुपर्नेछ । उक्त्त प्रतियोगिताको पहिलो चरणमा २०७९ आश्विन १५ गते शनिबारका दिन बेलुकी ६ बजे जुम मिटिङ मार्फत प्रतियोगीहरुको छनौट गरिनेछ र पहिलो चरणमा छनौट भएका प्रतियोगीहरुहरुले पौष १६ गते भित्र आफुले तयार गरेको भिडियो दया फाउन्डेसनको ईमेलमा पठाईसक्नुपर्नेछ । यस प्रतियोगिताको विजेताको घोषणा २०७९ माघ १ गतेका दिन गरिनेछ ।

Prabhu
Crest

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले यस प्रकारको कार्यक्रमले हाम्रो मौलिक परम्परा तथा संस्कृतिको संरक्षण तथा प्रवर्धनका निमित्त एकदमै ठुलो टेवा पु¥याउने र भविष्यमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गरिनुपर्ने कुरामा जोड दिए । साथै उनले दया फाउन्डेसनलाई यस्तो उदाहरणीय प्रतियोगिताको आयोजना गरिएकोमा विशष धन्यवाद व्यक्त गरे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत दया फाउन्देशनका अध्यक्ष राजेश बहादुर प्रधान, काठमाडौँ महानगरपालिका अन्तर्गत वडा न १८ का का अध्यक्ष न्हुच्छे काजी महर्जन, वडा न २२ का अध्यक्ष चीनी काजी महर्जन तथा विभिन्न नेवारी समाजका अध्यक्षहरु लगायत सो क्षेत्रका स्थानियको वाक्लो उपस्थिति थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS