काठमाडौं । प्रभु बैंक लिमिटेडको १ लाख १२ हजार २२४ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । बैंकले दुई जना संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्ने गरी उक्त शेयर लिलामीमा ल्याएको हो ।
यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू। १८० तोकिएको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जानकारी बैंकले दिएको छ ।