काठमाडौं । सरकारले आज शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ। परम्परागतरुपमा मनाइने इन्द्रजात्राको अवसर पारेर सरकारले भदौ २४ गते शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको हो।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।