काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र माइखोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सगरमाथाले भदौ ९ गते बोर्डमा आवेदन दिएको हो भने माइखोलाले भदौ २२ गते आवेदन दिएको हो ।
सगरमाथाले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि कुल ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । त्यस्तै माइखोलाले १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । दुवै कम्पनीको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।