काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा सञ्चालक परिवर्तन भएका छन् । कम्पनीको सञ्चालक समितिमा करेन डे अल्विस रहेकोमा उनको सट्टामा स्ट्याण्डर्ड चार्टर्ड ग्रिन्लेज प्रालि अष्ट्रेलियाको तर्फबाट रिनो दोनोसेपोत्रोलाई नियुक्त गरेको बैंकले जनाएको छ ।
उनको कार्यकाल सेप्टेम्बर ४ देखि लागू हुने गरी आगामी ४ वर्षसम्मका लागि रहनेछ । कम्पनीको स्वतन्त्र सञ्चालकमा सिद्धान्त राज पाण्डेलाई नियुक्त गरेको कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।