काठमाडौं । सानिमामाई हाइड्रोपावर सुचिकृत कम्पनीहरुमा लाभांश प्रस्ताव गर्ने पहिलो कम्पनी भएको छ। यसअघि केही म्युचुअल फण्डहरुले लाभांश घोषणा गरे पनि सुचिकृत कम्पनीमा लाभांश घोषणा गर्ने सानिमामाई हाइड्रोपावर पहिलो कम्पनी भएको छ ।
कम्पनीको भाद्र २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लागि ५ दशमलव २६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्नको कम्पनीले कात्तिक २ गते ११ औं वार्षिक साधारण सभा गर्ने जनाएको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज १२ गते बन्द हुनेछ । यस आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले लाभांश घोषणा गरेकै दिन शेयर मूल्य सर्वाधिक घटेको छ। लाभांश प्रस्ताव गरेको दिन कम्पनीको शेयर मूल्य ७ दशमलव ३२ प्रतिशतले घटेर बजार मूल्य २९१ पुगेको छ।
कम्पनीको यस बजार मूल्यलाई कम्पनीको प्रस्तावित लाभांशले दाँजेर हेर्दा डिभिडेण्ड इल्ड १ दशमलव ८१ प्रतिशत देखिन्छ ।
शुत्र :
कम्पनीको बजार मूल्य : २९१
प्रस्तावित लाभांश : ५.२६३२
डिभिडेण्ड इल्ड (%): ५.२६३२ / २९१ *१०० = १.८१ %