काठमाडौं । भदौ तेस्रो सातामा बाणिज्य बैंकहरुले ११ अर्ब ३० करोड रुपैयाँले निक्षेप बढाउन सफल भएका छन् । नेपाल बैंकर्स संघका अनुसार भदौ १० देखि १७ गतेसम्मको अवधिमा बाणिज्य बैंकहरुले ११ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गर्दा १.६७ अर्ब कर्जा विस्तार गरेका छन् ।
निक्षेपमा सुधार सँगै सिडी रेसियोमा पनि सामान्य बृद्धि भएको छ । सिडी रेसियो ८८.२५ प्रतिशतमा झरेको छ । गत साता सिडी रेसियो ८८.४२ प्रतिशत थियो । भदौ १७ गतेसम्ममा बाणिज्य बैंकहरुले ४४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
साउन महिनामा बाणिज्य बैंकहरुबाट ठुलो परिणाममा निक्षेप बाहिरिएको थियो । व्यवसायीले दशै तिहारका लागि विदेशबाट सामान आयातका लागि पैसा बाहिर पठाएका थिए । अर्को तर्फ पेट्रोलियम पदार्थको मूल्य आकासिदा पनि बैंकिङ प्रणालीबाट निक्षेप बाहिरिएको हो ।