IME Life
GBIME

६ अंकले बढ्यो नेप्से, १ अर्ब ७ करोडको कारोबार हुँदा १३३ कम्पनीको मुल्यमा बृद्धि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६ दशमलव ६८ अंकले बढेर १,९७७ दशमलव ३० को विन्दुमा कायम भएको छ । आज १३३ कम्पनीको शेयर मुल्य बढेको छ भने ४१ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स, उत्पादनमुलक अन्य र म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड १६ लाख १५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ८ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ६ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, नविल बैंकको ६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् । जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशमलव १२ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले २ दशमलव ८६ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS