IME Life
GBIME

खप्तड लघुवित्तको आइपीओ भोलि बाँडफाँड हुने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको आइपीओ भोलि अर्थात भदौ २० गते सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सोमबार बिहान १० बजे बाँडफाँड हुने जनाएको छ । कम्पनीको आइपीओ प्रि अलोटमेन्टको काम सम्पन्न गरी भोलि बाँडफाँडको तयारी गरेको विक्री प्रबन्धकले जनाएको छ ।

अन्तिम दिनसम्ममा कम्पनीको आइपीओमा १८ लाख ५० हजारभन्दा बढीले आवेदन दिएका छन् । सिडिएस क्लियरिङ्गका अनुसार १८ लाख ५० हजार १३२ जना आवेदकले २ करोड ४ लाख २२ हजार ४ सय कित्ताका लागि आवेदन दिएका हुन ।

Crest

लघुवित्तले जारी पूँजी ४ करोडको प्रतिशेयर १ सय रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ जारी गरेको हो । कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिने व्यवस्था थियो ।

आइपीओ निष्काशन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा ईक्रा नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS