IME Life
GBIME

सान्जेन जलविद्युतको आइपीओमा आवेदन दिन समय लम्बियो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने समयावधि थप भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ विक्री खुला गरेको हो । अब कम्पनीको आइपीओमा असोज ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ निष्काशन गरेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित दरका ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

Crest

यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाछादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यस आइपीओमा नागरिक लगानी कोष विक्री प्रबन्धक रहेको छ । यस्तै, सह ( निष्कासन तथा विक्री प्रबन्धकमा भने सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । यसमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS