काठमाडौं । आज आयोजना गरिएको राष्ट्रिय सभाको दैनिक कार्यसूचीमा बीमा विधेयक पर्न सकेन । गत भदौ १२ गते बीमा विधेयक सभामा टेवल भएको थियो । टेवल भए पनि छलफल तथा पारितका लागि कार्यसूचीमा पर्न सकेको छैन ।
बीमा सर्भेयर संघले आज सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनलाई भेटेर सर्भेयरलाई मध्यस्थकर्ता तथा दाललको रुपमा प्रस्तुत नगर्न अनुरोध गरेका छन् । प्रतिनिधिसभाबाट पारित भएको विधेयकका विषयमा राष्ट्रिय सभामा आर प्रश्न उठ्दा बिधेयक पारित हुन नसक्ने सम्भावना पनि उच्च रहन्छ ।
बीमा विधेयक अर्थसमितिले लामो समय छलफल गरेर तयार पारेको प्रतिवेदनका आधारमा प्रस्तुत भएको हुँदा यसमा सर्भेयर बाहेक अन्य पक्षको खासै विरोध सुन्न पाइदैन । आज अर्थमन्त्री काठमाडौंमा छैनन् । अर्थमन्त्री नभएकाले पनि आज राष्ट्रिय सभाको दैनिक कार्यसूचीमा बीमा विधेयक पर्न नसकेको हो ।
urqcyiovk9nk83ga