Connect IPS
IME Life

राष्ट्रिय वाणिज्य बैंकले तीन पालिकामा सहुलियतपूर्ण कर्जा दिने, गर्यो सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ३ वटा पालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । बैंक र गोरखा जिल्लाका तीन पालिका गोरखा नगरपालिका, भीमसेन थापा गाउंपालिका, बारपाक सुलिकोट गांउपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगर, भीमसेन थापा गाउंपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारा र बारपाक सुलिकोट गांउपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सम्झौता पछि पालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोही उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने बैंकले जनाएको छ ।

सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५९संशोधन समेत० अन्र्तगत व्यवसाायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनमा सहयोग पु¥याउने विश्वास बैंकले लिएको छ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यसले उद्यमी र बैंकबीचको खाडल हटाउन सहयोग पुग्ने बताए ।

गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगरले नगरपालिकाले कृषिमा व्यवसायीकरण, पर्यटन र साना उद्योगको प्रवद्र्धनमा लिएको नीति तथा कार्यक्रम लागू गर्न सघाउ पुग्ने बताए । भीमसेन थापा गाउंपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराले सम्झौताले उद्यमशीलता बढाई गरिबी हटाउन सहयोग पुग्ने बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS