Connect IPS
IME Life

हिमालयन बैंकले आजबाट २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्दै, ब्याजदर कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकले लिमिटेडले आज भदौ १५ गतेदेखि वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । ऋणपत्रको अवधि ७ वर्ष रहनेछ ।

जसमध्ये ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई विक्री गरी बाँकी ६० प्रतिशत अर्थात १ अबै ५० करोड रुपैयाँ बराबरको १५ लाख हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

Prabhu
Crest


उक्त ऋणपत्र खरीदका लागि भदौ १९ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा भदौ २९ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS