काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिमा बैंकको ऋणपत्र सुचिकृत भएको छ । आज कम्पनीको ५ लाख कित्ता सुचिकृत भएको हो । ऋणपत्र सुचिकृत भएसँगै बुधबारबाट ऋणपत्रको कारोबार हुने छ । यो ऋणपत्रको एसबीडि ८९ सिम्बलबाट कारोबार हुने छ ।
बैंकले असार १० गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको थियो। सानिमा बैंकले १,००० अंकित दरको ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये ३० लाख कित्ता अर्थात् ३ अर्ब बराबरको ऋणपत्र निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिएको थियो भने बाँकि २० लाख कित्ता अर्थात् २ अर्ब बराबरको ऋणपत्र सर्बसाधारणलाई बिक्रि गरिएको थियो । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।