काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैलाई लक्षित गर्दै यहि भदौ २६ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । राष्ट्र बैंकले यस वर्ष दशैका लागि १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाउने तयारी गरेको छ ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि ५, १०, २०, ५० र १०० सय रुपैयाँका खुद्रा नयाँ र सुकिला नोट बैंक तथा वित्तीय संस्थाहरुमार्फत सर्वसाधारणलाई सहटी गर्ने तयारी गरेको छ । विगतमा राष्ट्र बैंकको बैंकिङ कार्यालयमा र केहि बैंकका शाखाबाट मात्र सटहि सुविधा दिने गरेकोमा भिडभाड भएको गुनासो भएपछि बैंक तथा वित्तीय संस्थामार्फत नै सटही गर्ने राष्ट्र बैंकले जनाएको छ ।
तर अहिलेसम्म पनि राष्ट्र बैंकले नयाँ नोटको वितरण सम्बन्धी आधिकारिक रुपमा योजना भने सार्वजनिक गरिसकेको छैन । दशैमा दक्षिणा स्वरुप नयाँ नोट दिने परम्परा रहदै आएको छ । तर दशै तिहार तथा चाडवाडका उपलक्षमा यसरी ल्याइने नोटमा अविर केशरीले चाढै बिग्रिने गरेको छ । त्यसैले पछिल्ला दिनमा राष्ट्र बैंकले दक्षिणाका रुपमा नयाँ नोट दिने भन्दा पनि मोबाइल बैंकिङ तथा डिजिटल वालेट मार्फत कारोबार गर्न आग्रह गर्दै आएको छ ।