IME Life
GBIME

राष्ट्र बैंकले ३ अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको ३ अर्ब १३ करोड रुपैयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

Crest

राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी मंसिर १३ गते परिपक्व हुनेछ । यस अघि राष्ट्र बैंकले २८ दिन अवधिको २ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब २३ करोड ३२ लाख रुपैयाँ १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब गरी कूल १२ अर्ब २३ करोड ३२ रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS