Connect IPS
IME Life

तीजको अवसरमा मेगा क्यापिटलको नारी पोर्टफोलियो सेवामा छुट पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर लगानी व्यवस्थापन सेवा अर्थात पोर्टफोलियो व्यवस्थापन सेवा ९पिएमएस० प्रदायक कम्पनीहरु मध्ये छोटो समयमा यस कम्पनीले गुणात्मक र परिमाणात्मक हिसावले आफूलाई अब्बल सावित गर्न सफल भएको छ ।

यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा नारी सशक्तिकरणका लागि यस क्यापिटलले छुट सहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान गर्ने छ । यसबाट नारीहरुले आत्मनिर्भरताका लागि शेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पु-याउने विश्वास कम्पनीले राखेको छ ।

Prabhu
Crest

आफूले पर्याप्त समय दिन असमर्थ हुँदा वा शेयर बजार सम्बन्धी जानकारी तथा अनुभव नभएता पनि विशेषज्ञहरुबाट व्यवसायिक तवरले निःशुल्क लगानी व्यवस्थापन सेवा प्राप्त गर्न सक्नेछन् ।

उक्त सेवा न्युनतम ३ लाख लगानीबाट आरम्भ गर्न सकिने तथा अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहनेछ । विशेषज्ञहरुबाट लगानी व्यवस्थापन सेवा प्रदान गरिने भएकोले यस सेवा सुरक्षित रहने सम्भावना उच्च छ ।

उक्त सेवा २०७९ भाद्र १२ गते देखी असोज १२ सम्म लागू हुनेछ । यस सेवामा एएमसी पूर्ण रुपमा निशुल्क हुनेछ । सो सेवा आफुसँग भएको शेयर हस्तान्तरण गरेर पनि प्रारम्भ गर्न सकिनेछ पिएमसीको सम्पूर्ण जानकारी अनलाइन मार्फत वा प्रत्यक्ष भेटघाटबाट गराईने जनाएको छ ।

ईच्छुक नारीहरुले उक्त सेवा सम्बन्धी विस्तृत विवरणका लागि ९८५१०६७५६८ ०१–५३६२७७२ वा सिधा मेगा क्यापिटल मार्केटस लिमिटेडमा सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS