IME Life

भारतमा अभिकर्ताको कमिशनमा कडाई गरिदै, कम्तीमा ५ वर्ष बीमालेख सक्रिय हुनैपर्ने

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामक आइआरडिएआईले बीमा जारी भएको प्रारम्भिक वर्षहरुमा पाइने उच्च कमिशनको लागि जबरजस्ती बीमालेख बिक्री गर्ने प्रवृत्तिमा रोक लगाउनको लागी नीतिगत बन्देजहरु लगाउने तयारी गरेको छ । बीमालेख जारी गर्दा प्रथम बीमाशुल्क वापत २५ देखि ३५ प्रतिशतसम्म कमिशन प्राप्त गर्दै आएका अभिकर्ताहरुले अब कमिशनवापतको रकम प्राप्त गर्न बीमालेख लामो समयसम्म चालू अवस्थामा रहनुपर्ने भएको छ । मस्यौदा अनुसार प्रथम बीमा शुल्कको कमिशन बाहेक नविकरण बीमाशुल्कको कमिशन अब ५–५ वर्षको अन्तरालमा मात्र वितरण गरिनेछ ।

उदाहरणको लागी कुनै अभिकर्ताले १५ वर्षको सावधिक बीमा बिक्री गरेकोे छ भने पहिलो वर्ष प्रथम बीमाशुल्क वापतको कमिशन प्राप्त गर्छ । दोश्रो कमिशन प्राप्त गर्नको लागी पाँच वर्ष कुर्नुपर्नेछ । बीमितले लगातार ७ वर्षसम्म मात्र नविकरण बीमाशुल्क भुक्तानी गरेको छ भने अभिकर्ताले पहिलो पाँच वर्षको कमिशन वापतको रकम पाँचौं वर्षको अन्त्यमा प्राप्त गर्नेछ । तर बीमितले १० औं किस्ता भुक्तानी नगर्दासम्म

Meta Holidays
Crest

छैंठौं र सातौं नविकरण बीमा शुल्क वापतको कमिशन अभिकर्ताले पाउनेछैन । आइआरडिएआईले अभिकर्ता र बीमा मध्यस्थतकर्ताको कमिशन र प्रोत्साहनमा सीमा तोक्नको लागी मस्यौदा प्रस्ताव गरेको छ । प्रस्तावित मस्यौदामाजीवन बीमा कम्पनीहरुतर्फ एकल बीमाशुल्कमा बढीमा २ प्रतिशत कमिशन तथा प्रोत्साहन, सामूहिक कोषमा ०.५ प्रतिशत कमिशन दर कायम गरिएको छ । साथै सावधिक जीवन बीमालेखमा एकल बीमाशुल्कमा २० प्रतिशत र नविकरण बीमाशुल्कमा १० प्रतिशत कमिशन तोकिएको छ ।

त्यसैगरी बीमालेख सक्रिय रहेको अवधिको आधारमा समेत कमिशन तय गरिएको छ । ५ वर्षसम्म सकृय रहेमा पाँचौं वर्षमा कूल बीमाशुल्क आम्दानीको २ प्रतिशत मात्र कमिशन दिन पाइने व्यवस्था प्रस्ताव गरिएको छ । त्यसैगरी १० वर्ष बीमालेख जारी रहेकोमा ५ औं देखि १० औं वर्षसम्म भुक्तानी गरिएको बीमाशुल्कको २ प्रतिशत कमिशन १० औं वर्ष पुरा भएपछि दिनुपर्ने प्रावधान लागू गरिंदैछ । १५ वर्षसम्म सकृय रहेको बीमालेखमा ११ औं देखि १५ औं वर्षसम्मकमो कूल बीमाशुल्कको २ प्रतिशत रकम कमिशन तोकिएको छ । यो रकम १५ औं वर्षको अन्त्यमा मात्र अभिकर्ताले पाउनेछन् ।

निर्जीवन बीमातर्फ स्वास्थ्य बीमा सहित बीमाशुल्कको अधिकत्तम २० प्रतिशतसम्म कमिशन वा पारिश्रमिकको प्रावधान राखिएको छ । त्यस्तै स्वास्थ्य बीमा सेवा प्रदायक कम्पनीले स्वास्थ्य बीमालेखमा बीमाशुल्कको अधिकत्तम २० प्रतिशत मात्र कमिशन दिन पाउने सीमा तोकिएको छ ।

प्रस्तावित मस्यौदा अनुसार प्रत्यक्षरुपमा बीमित आफैंले बीमालेख खरिद गरेको अवस्थामा कुनै पनि कमिशन पाउने छैनन् । साथै यस्तो बीमालेख जारी गर्दा बीमा कम्पनीले कमिशनवापतको रकम बीमितलाई बीमाशुल्कमा छुट दिनुपर्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS