काठमाडौं । नेप्सेमा राधी विद्युत कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १४७.५२ प्रतिशत हकप्रद निष्काशन प्रयोजनका लागि बुक क्लोज गरेसँगैमूल्य समायोजन भएको हो ।
नेप्सेले समायोजनापछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २८१ रुपैयाँ ४० पैसा कायम गरेको छ । समायोजना अघि कम्पनीको शेयर मूल्य ५४९ रुपैयाँ थियो ।
कम्पनीले हकप्रद निष्काशनको लागि भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज भदौ १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।