काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । लघुवित्तले केही संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार ९६० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक हाल कायम संस्थाका संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएकोमितिले ३५ दिनभित्र लघुवित्तको केन्द्रिय कार्यालय सिद्धार्थनगर नगरपालिका १२, रुपन्देहीमा निवेदन दिनुपर्नेछ ।
उक्त समयमा कुनै निवेदन नआएमा प्रचलित कानून बमोजिम सर्वसाधारणलाई उक्त शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।