काठमाडौं । राधी विद्युत कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनका लागि भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ , त्यसकारण आज भदौ १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रद भर्न सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।
कम्पनीले हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख रहेको छ ।