काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । लघुवित्तले केही संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार ७१५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्ने एक सुचना जारी गर्दै जनाएको छ ।
संस्थापक शेयरको मूल्य प्रतिकित्ता ६५० रुपैयाँ रहेको छ । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक सर्वसाधारणल भदौ २३ गतेभित्र विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैकिङ लिमिटेड, टेकु काठमाडौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
उक्त समयमा प्राप्त बोलपत्रहरु भदौ २४ गते अपरान्ह ४ बजे विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैकिङ लिमिटेड, टेकु काठमाडौंमा खोलिने कम्पनीले जनाएको छ ।