काठमाडौं । भदौ पहिलो सातामा निक्षेप संकलन सुधारिन थालेको छ । भदौ तीन गतेसम्मको तथ्याङ्क अनुसार सिडि रेसियो ८८.४७ प्रतिशतमा झरेको छ । साउन २७ गतेसम्ममा भने ८८.३५ प्रतिशत थियो । साउन लागे सँगै सिडी रेसियो क्रमश बढिरहेको छ ।
यस सातामा ५ अर्बले निक्षेप संकलन हुँदा तीन अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिमा बाणिज्य बैंकहरुले ४४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ४१ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । साउन महिनामा बाणिज्य बैंकबाट एक खर्ब ८ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको थियो । तर कर्जा विस्तार भने २ अर्बले घट्यो ।