काठमाडौं । हिमालयन डिष्टीलरी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२/७३ पछि नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरूलाई उक्त रकम लिन आग्रह गरेको हो ।
लाभांश लिन बाँकी शेयरधनीहरूलाई कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको काठमाडौंको नक्सालस्थित कार्यालयमा सम्पर्क गर्न कम्पनीले भनेको छ ।
त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ वर्षको नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरूलाई ललितपुर, जावलाखेलस्थित कम्पनीको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र शेयरधनीहरूले नगद लाभांश नलिएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।