काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।
उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ ।
यसका साथै, विक्री गर्ने संस्थापकहरुको नाम र विक्री मूल्य समेत कम्पनी सचिवको कार्यालयमा बझ्न बैंकले भनेको छ ।