काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आइपीओ आज बाडफाँड भइसकेको छ । तर नतिजा भने केही समयपछि मात्र हेर्न मिल्लने विक्री प्रबन्धक ले सनराइज क्यापिटलले जनाएको छ । आइपीओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ ।
जस अनुसार बिक्रि प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट http://www.sunrisecapital.com.np, सिडीएससीको मेरो शेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट र धौलागिरी लघुवित्त कम्पनीको वेबसाइट https://dhaulagiribank.comबाट हेर्न सकिने छ । मेरो शेयरको वेबसाइटबाट आफुले आइपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।
क्यापिटलका अनुसार योग्य रहेका १८ लाख ६४ हजार ६ सय ४० जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट कुल ३० हजार ९ सय २९ जना आवेदकले शेयर पाएका छन् । यीमध्ये ५ जना आवेदकले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १८ लाख ६४ हजार १ सय ८३ जना आवेदक हात खाली भएका छन् ।