काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको जमानत बस्दा डेढ अर्ब रुपैयाँ गुमाएका हिमालयन बैंक र बैंक अफ काठमाडौंले १० वर्षको प्रयास पछि चीनिया कम्पनीबाट रकम फिर्ता लिएका छन् । दुबै बैंकले चीनको अदालतमा मुद्दा लडेका थिए । अदालतले साउन १५ गते दुई बैंकको पक्षमा मुद्दा जिताइदिएको थियो ।
मुद्दा जितेसँगै करिव २० दिन पछि दुई बैंकले रकम प्रपात गरेका छन् । बैंक अफ काठमाण्डूले अमेरिकी डलर ६६ लाख २५ हजार १० र १४ लाख ११ हजार ४५३ युरो फिर्ता पाएकोछ । त्यस्तै हिमालयन बैंकले ६६ लाख ५० हजार डलर फिर्ता पाएको हो । चाइना कन्स्ट्रक्सन बैंकले दुबै बैंकलाई उक्त रकम फिर्ता गरिदिएको हो ।