Connect IPS
IME Life

धौलागिरी लघुवित्तको आइपीओ भदौ ८ गते बाँडफाँड हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ. । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि २९ गतेसम्म निष्काशन गरेको आइपीओ भदौ ८ गते बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा बुधबार बिहान शेयर बाँडफाँड हुने जनाएको छ ।

क्यापिटलले आइपीओ प्रि अलोटमेन्टको काम भने सम्पन्न गरिसकेको छ । तर केहि काम बाँकी रहेकोले बुधबार मात्रै शेयर बाँडफाँड गर्ने तयारी भएको जनाएको छ । यस अघि क्यापिटलले मंगलबार बाँडफाँड गर्ने जनाएको थियो ।

Prabhu
Crest

कम्पनीले साउन २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले सर्वसाधारण समुह तर्फको ३ करोड ३१ लाख कित्ता मध्ये ०।५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । कर्मचारी र सामुहिक लगानीकोषलाई बाँडफाँड पश्चात बल्ल सर्वसाधारणका लागि बाँकी रहेको तीन लाख ९ हजार २९५ कित्ता निष्काशन गरेको हो ।

आइपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आइपीओ बाँडफाँडपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ । हाल राष्ट्रिय स्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आईरहेको छ । जसबाट करिब ३६ हजार ग्राहक सदस्यहरु मार्फत कुल १४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS