काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठ पुनः नियुक्ति भएका छन् । कम्पनीको २०७९ भाद्र ५ गते अपरान्ह ४ बजे वसेको संचालक समितिको २९८ औं वैठकले भदौ १९ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि पुनः नियुक्ती गरिएको बैंकले जनाएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।