काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले लगानी योग्य रकम एक वा दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्नका लागि बैंकहरुलाई प्रस्ताव आह्वान गरेको हो ।
कम्पनीले आफ्नो लगानी योग्य रकम क र ख वर्गका बैंकहरुमा राख्न लागेको हुँदा बैंकहरुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीको तोकेको कोटेशन सम्बन्धी फाराम भरी सात दिनभित्र कम्पनीको कार्यालय समयमा गोप्य शिलबन्दी पेश गर्न आग्रह गरेको छ ।