काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि भदौ १२ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण उक्त हकप्रद शेयरमा भदौ ११ गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउनेछन् ।
कम्पनीले १४७ दशमलव ५२ प्रतिशत अर्थात १ः१.४७५२ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
हकप्रद शेयरको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख रहेको छ ।