Connect IPS
IME Life

अपर तामाकोशीको साधारण सभा आज, हकप्रदको विशेष प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १४औं वार्षिक साधारण सभा आज हुँदैछ । सभा काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ बजे गर्ने कम्पनीले जनाएको छ । सभाले शत प्रतिशत हकप्रद शेयर निष्काशनको विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको पूँजी बृद्धिको लागि प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव लगिएको छ । जसमा १०० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

सभाले सञ्चाल समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत हुने कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । लेखापरीक्षको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलागत तथा सोहि मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।

लेखापरीक्षण ऐन २०७५ को दफा ११ बमोजिम महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन २०६३ को दफा १६५ ‘घ’ को प्रावधान अनुरुप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली अनुसार समुह ‘ख’ अन्तर्गत सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिला सहित चार जना सञ्चालकहरु निर्वाचनरमनोनयन वा नियुक्त गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि साउन १८ गते एक दिन बुक क्लोज गरिसकेको छ । त्यसकारण साउन १७ गतेसम्म कायम शेयरधनीहरुले साधारणसभामा भाग लिन पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS