काठमाडौं । माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ”लाई क्युआर कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिङ्गमा सहयोग गर्ने उदेश्यले बैंकले “नेपाल नाई संघ”लाई क्युआर कोड हस्तान्तरण गरेको हो ।
देशका विभिन्न स्थानमा रहेका ३ लाख भन्दा बढी सैलुन व्यवसायीहरुलाई लाभान्वित बनाउने उद्देश्यले बैंकले नेपाल नाई संघलाई क्युआर हस्तान्तरण गरेको हो ।
राजधानीमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रममा “नेपाल नाई संघ”का अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैकिङ्ग अधिकारी माधव सुवेदीले क्युआर हस्तान्तरण गरेका हुन् ।
उक्त क्युआर हस्तान्तरण पछि ग्राहकले “नेपाल नाई संघ”मा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिएवापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्नेछन् ।