काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २७ दशमलव ७२ अंकले बढेर २,०६८ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै विकास बैंक उपसूचक ३ दशमलव १७ प्रतिशतले बढेको छ भने फाइनान्स उपसूचक ३ दशमलव १ प्रतिशतले बढेको छ ।
आज १७१ कम्पनीको शेयर मुल्य बढेको छ भने १२ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५ करोड ७९ लाख ८० हजार रुपैयाँको शेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै रिडी हाइड्रोपावरको कारोबार भएको छ । कम्पनीको १० करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ७ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोपावर कम्पनी र अपर सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । श्वेत गंगा हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन्।
आज सबैभन्दा धेरै एनआइबिएल प्रगति फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ३ दशमलव ८० प्रतिशतका दरले गुमाएका छन् ।