काठमाडौं । प्रभु बैंक लिमिटेडले भदौ १० गतेदेखि संस्थापक समूहको शेयर सर्वसाधारणका लागि विक्री खुला गर्ने भएको छ । कम्पनीले ५० हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । उक्त शेयरको मुल्य १४० रुपैयाँ रहेको छ । उक्त शेयरमा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।
खरीद गर्न योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संस्थाले उक्त संस्थापक शेयरमा भदौ १७ गतेभित्र विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ नक्सालमा शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।