Connect IPS
IME Life

बीमा शुल्क भुक्तानीमा बीमितको पहिलो रोजाइमा इसेवा, नविकरण शुल्कको १३ % इसेवाबाटै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा शुल्क भुक्तानीमा बीमितहरुको पहिलो रोजाइमा इसेवा पर्न सफल भएको छ । भुक्तानी सेवा प्रणालीमा नेपालकै नम्बर वान कम्पनी इसेवाले बीमा कम्पनीहरु सँगको समन्वयमा नविकरण बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । इसेवाका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा बीमितहरुले इसेवाको मोबाइल एप बाटै १२ अर्ब ५७ करोड रुपैयाँ भुक्तानी गरेका छन् । यस भन्दा अघिल्लो आर्थिक वर्षमा चार अर्ब ८९ करोड रुपैयाँ भुक्तानी गरेका थिए ।

पहिलो वर्ष अभिकर्ताको सक्रियतामा बीमा शुल्क भुक्तानी भए पनि दोस्रो वर्षदेखि कम्पनीमा जान नसक्दा बीमितले विलम्ब शुल्क भुक्तानी गर्नु पर्थ्यो । तर इसेवाको मोबाइल एप मार्फत सजिलै बीमा शुल्क भुक्तानी गर्न सकिन्छ । बीमितले आफ्नो इसेवा आइडीमा गएर आफूले बीमा गरेको बीमा कम्पनीमा क्लिक गरि अनलाइनबाटै नविकरण शुल्क भुक्तानी गर्न सक्छन् ।

Prabhu
Crest

जुन सुकै बीमा कम्पनीका बीमितले सजिलै आफ्नो पोलिसी नम्बर इन्ट्रि गरेर आफुले तिर्नु पर्ने बीमा शुल्कको जानकारी लिन सक्छन् । साथै उक्त रकम तत्कालै भुक्तानी समेत गर्न सक्ने भएकाले बीमितहरुलाई यसले धेरै सजिलो बनाइदिएको छ ।

इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमितले क्यास व्याक पनि पाउन सक्ने भएकाले बीमा शुल्क भुक्तानीमा केहि सहुलियत पनि पाउने गरेका छन् । बीमितहरुले जीवन मात्रै नभएर स्वास्थ्य बीमा, लघुबीमा, तेस्रो पक्ष बीमा लगायतका पोलिसी नविकरण गर्न सक्छन् । यसका साथै सुपथ मूल्यमा इसेवा हेल्थ इन्स्योरेन्स प्याकेज समेत खरिद गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS