Connect IPS
IME Life

निक्षेप बाहिरिने क्रम रोकिएन, साउनमै एक खर्ब २२ अर्ब घट्दा कर्जा ९ अर्बले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बाणिज्य बैंकहरुबाट निक्षेप बाहिरिने क्रम साउन चौथो सातामा पनि नरोकिएको बैंकर्स संघले जनाएको छ । संघले दिएको तथ्याङ्क अनुसार साउन तेस्रो सातामा चार अर्बले मात्रै घटेको निक्षेप चौथो सातामा भने २६ अर्बले घटेको छ । साउन चौथो साताको अवधिमा एक खर्ब २२ अर्बले निक्षेप घटेको छ ।

निक्षेप बाहिरिदै गए पनि बैंकहरु भने कर्जा लगानी गर्न थालेका छन् । साउन तेस्रो सातामा २ अर्बले कर्जा विस्तार गरेका बैंकहरुले चौथो सातामा ९ अर्बले बढाएका छन् । बाणिज्य बैंकहरुकले साउन २७ गतेसम्मम ४४ खर्ब २१ अर्ब निक्षेप संकलन गरी ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

Prabhu
Crest

पेट्रोलियम पदार्थको आयातमा हरेक दिन पैसा बाहिरिरहेको छ । यसका साथै स्थानीय निकायको कितपय कोषलाई बैंकको निक्षेपमा देखाउन नमिल्ने भएकाले पनि प्रणालीबाट निक्षेप घटेको देखिएको बैंकहरुले जनाएका छन् । साउन चौथो साता लागे सँगै व्यवसायीहरुले नजिकिदो चाडपर्वलाई लक्षित गरि आफु सँग भएको निक्षेप प्रयोग गरिरहेका छन् । बैंकहरुले कर्जा प्रवाहमा रोक लगाए सँगै व्यवसायीहरुले निक्षेपलाई नै लगानीमा प्रयोग गरिरहेका छन् । व्यापारी व्यापारी विचमा कर्जा आदान प्रदान भइरहेको छ । जुन उनिहरुको निक्षेपबाट परिचालित छ ।

गएका वर्षमा यस अवधिमा व्यवसायीहरुले एलसी खोल्नेदेखि लिएर सामान आयातका लागि कर्जा निकाल्न गरेका थिए । तर यस वर्ष कर्जाको साट्टो निक्षेप बाहिरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS