काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १० वर्ष पुरानो लाभाशं लिन आग्रह गरेको छ । बैंकले विगत १० वर्ष वा सोभन्दा बढी समयदेखि कारोबार नभई निष्क्रिय रहेका तथा हकदाबी नपरेका खातावालाहरुलाई लाभाशं लिन आग्रह गरेको हो ।
शेयरधनी वा निजको हकवालाहरुले प्रचलित कानुन बमोजिम आवश्यक प्रमाण तथा काजजातहरु सहित बैंकको शेयर रजिष्टार सिद्धार्थ क्यापिटलमा सम्पर्क गर्न आग्रह गरेको छ । साथै लाभांश लिन बाँकी शेयरधनीहरुको विस्तृत सूति बैंकको वेवसाइटमार्फत पनि हेर्न सकिने बैंकले जनाएको छ ।