Connect IPS
IME Life

मुक्तिनाथ विकास बैंकका ग्राहकले दुई डेन्टलमा आकर्षक छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन हिमाल डेन्टल अस्पताल र काठमाडौंको कमलपोखरी स्थित भिभान्ता डेन्टलसँग विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।

बैंकका अनुसार यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले देशभर विभिन्न ठाँउहरु (काठमाडौं भित्रः धुम्बाराही, चावहिल, लगनखेल, साखु र काठमाडौं बाहिरः चितवन, नेपालगञ्ज, बैतडी, मकवानपुर, कञ्चनपुर, सुन्सरी , कैलाली, डडेलधुरा) मा शाखा रहेको हिमाल डेन्टल अस्पतालमा र काठमाडौंको कमलपोखरीमा रहेको भिभान्ता डेन्टलमा विभिन्न सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निMशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS