Connect IPS
IME Life

जोखिम हस्तान्तरणको लागि नेपाल रिले गर्यो एक दर्जनभन्दा बढी पुनर्बीमकसँग सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारी स्वामित्वको पूनर्बीमा कम्पनी नेपाल पूनर्बीमा कम्पनी (नेपाल रि) ले विश्वका एक दर्जनभन्दा बढी पूनर्बीमा कम्पनीसँग पूनर्बीमा सम्झौता गरेको छ । स्वदेशी तथा विदेशी बीमा कम्पनीहरुबाट पूनर्बीमामार्फत् जोखिम स्वीकार्दै आएको नेपाल रिले आफूले ग्रहण गरेको जोखिमको निश्चित प्रतिशतभन्दा बढी जोखिम भारतीय तथा यूरोपेली पूनर्बीमा कम्पनीसँग पूनर्बीमा सम्झौतामार्फत् हस्तान्तरण गरेको हो ।

नेपाल रिले आफूले बहन गर्ने सम्झौता गरेको जोखिम विदेशी पूनर्बीमकलाई हस्तान्तरण गर्ने मात्र नभएर विदेशी बीमा कम्पनी वा पूनर्बीमकको जोखिम समेत आफूले स्वीकार्दै आएको छ ।

Prabhu
Crest

नेपाल रिका अनुसार भारतको जिआइसी रि, जर्मनीको हनोभर रि, स्वीट्जरल्याण्डको स्वीस रि, अमेरिकाको बिएमआई रि, ओडिसी रि, लिबर्टी म्युचुअल रिइन्स्योरेन्स, क्यानोपियस र रिनाएसेन्स रिसँग पूनर्बीमा सम्झौता गरिएको छ । त्यसैगरी बर्मुडाको एसपेन, एभरेष्ट, स्लोभेनियाको सभा इन्स्योरेन्स ग्रुप, जापानको टोआ रिसहित १३ वटा विश्वव्यापी पूनर्बीमा कम्पनीसँग पूनर्बीमा सम्झौता गरिएको कम्पनीको वेबसाइटमा उल्लेख छ ।

नेपाल पूनर्बीमा कम्पनी सरकारी नेतृत्वमा स्थापना गरिएको नेपालको पहिलो पूनर्बीमा कम्पनी हो । बीमा कम्पनीहरुबीच जोखिम साझेदारीको लागी स्थापना गरिएको बीमा पुललाई सरकारले नेपाल पूनर्बीमा कम्पनीमा रुपान्तरण गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS