काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले शेयर बिक्रि गर्नका लागि शेयर धनीहरुले दिएको निवेदन अनुसार संस्थापक शेयर बिक्रि गर्ने भएको हो ।
बैंकका शेयरधनी विकास खनाल र अशोक कुमार अग्रवालले शेयर विक्रिका लागि निवेदन पेश गरेका थिए । जसमा खनालको नाममा रहेको २९ हजार १५८ कित्ता र अग्रवालको नाममाा रहेको ६० हजार गरि कुल ८९ हजार १५८ कित्ता शेयर बिक्रि गर्ने भएको हो ।
बैंकले शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुलाई सूचना जारी भएको ३५ लिनभित्र निवेदन दिन आग्रह गरेको छ । तोकिएको समयभित्र निवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्तिलाई बिक्रि गरिने बैंकले जनाएको छ ।