Connect IPS
IME Life

अभियान लघुवित्तको आइपीओ सोमवार बाँडफाँड हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमवार बाँडफाँड हुने भएको छ । आइपीओ बाँडफाँड विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय नक्सालमा हुने जनाएको छ ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लख १६ हजार ९० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीको आईपीओमा मागभन्दा २५ दशमलव २९ गुणा बढी आवेदन परेको छ । यस आधारमा कम्पनीको आइपीओ गोलाप्रथामार्फत बाँडफाँड हुनेछ ।

Prabhu
Crest

कम्पनीले ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको हो । कम्पनीले निष्काशन गरेको ९ लाख ७५ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि तथा ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्युअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS