काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक आइपीओ निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्रि प्रबन्धकको रुपमा नियुक्त भएको छ ।
कम्पनी ऐन, २०६३अन्तर्गत वि.सं. २०७० सालमा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर–१५, महालक्ष्मीस्थानमा अवस्थित छ । यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ लाख १२ हजार २२३.५७ कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।
उक्त सम्झौतापत्रमा श्रावण २५ गते रिचेत जलविद्युतका अध्यक्ष अर्जुन प्रसाद पौडेल, कम्पनीका सचिव शिशिर खनाल र एनआईबिएल एसका मर्चेन्ट बैंकिङ प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरेका हुन् ।