Connect IPS
IME Life

डिप्रोक्स लघुवित्तको वित्तीय विवरण सार्वजनिक, कति छ वितरणयोग्य मुनाफा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफामा १२ प्रतिशतको गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा ६५ करोड ३१ लाख नाफा कमाएको यस लघुवित्तले गत आर्थिक वर्षमा भने करिव ५७ करोड ४० लाख नाफा कमाएको छ ।

प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी ३ दशमलव ४५ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ३८ करोड पुगेको छ भने संचालन नाफा १७ दशमलव ३२ प्रतिशतले घट्दै ८१ करोड ९९ लाख पुगेको छ ।

Prabhu
Crest

१ अर्ब १५ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ९२ करोड माथि संचिति छ भने संचित मुनाफामा १ अर्ब माथि संचिति छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ मा वितरण गरेको २० प्रतिशत  बोनस शेयरलाई पुँजीमा देखाएको छैन ।

निक्षेप संकलन करिव २२ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ९७ करोड पुग्दा कर्जा प्रवाह करिव १८ प्रतिशतले वृद्धि हुँदै १८ अर्ब ३४ करोड पुगेको छ । त्यस्तै लघुवित्तले २ प्रतिशत धेरै ७ अर्ब ९६ करोड सापटी लिएको छ ।

लघुवित्तको प्रकाशित तथ्यांक अनुसार प्रति शेयर आम्दानी ४९ रुपैयाँ ६५ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्ष प्रति शेयर आम्दानी ५६ रुपैयाँ ४९ पैसा थियो । त्यस्तै प्रति शेयर नेट्वर्थ २६७ रुपैयाँ १९ पैसा छ ।

लघुवित्तले एनएफआरएस प्रणालीमा वित्तिय विवरण सार्वजनिक गरेको हुनाले वितरणयोग्य मुनाफा पनि सार्वजनिक गरेको छ । लघुवित्तको वितारणयोग्य मुनाफा ४१ करोड ७२ लाख रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS