काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई यहि साउन १८ गते आइपिओ निष्काशनका लागि स्वीकृति प्रदान गरेको हो ।
बोर्डले अनुमति दिए सँगै कम्पनीले अव केहि दिन भित्रमा सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्न पाउनेछ । संस्थाले सर्वसाधारणका लागि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता निष्काशन गर्नेछ ।
हाल संस्थाको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपीओ निष्काशन पश्चात १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ ।