काठामाडौं । राष्ट्रिय तथा क्षेत्रिय स्तरका विकास बैंकहरुले २५ प्रतिशतले मुनाफा बढाएका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा विकास बैंकहरुले मात्रै ६ अर्ब ९६ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा विकास बैंकको मुनाफा ५ अर्ब ५२ करोड रुपैयाँ थियो । यस अवधिमा सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले एक अर्ब ३७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकहरुको मुनाफा ५ अर्ब ५८ करोड रुपैयाँ थियो ।
प्रतिशेयर आम्दानी तर्फ पनि सबैभन्दा धेरै मुक्तिनाथकै छ । बैंकको प्रतिशेयर आम्दानी २४.२२ रुपैयाँ छ । यो मुनाफा सामान्य बाणिज्य बैंकहरुहरुको औषत मुनाफा भन्दा अधिक हो । दोस्रो धेरै मुनाफा आर्जन गर्नेमा गरिमा विकास बैंक पर्छ । बैंकले यस अर्ब एक अर्ब ५ करोड मुनाफा आर्जन गर्दा प्रतिशेयर आम्दानी २३ रुपैयाँ छ ।
तेस्रो धेरै मुनाफा आर्जन गर्नमा महालक्ष्मी विकास बैंक पर्छ । बैंकले ९५ करोड १९ लाख रुपैया मुनाफा आर्जन गर्दा प्रतिशेयर आम्दानी २३ रुपैयाँ छ ।
वित्तीय विवरण सार्वजनिक गर्ने मध्ये दुई विकास बैंकको मुनाफा भने ऋणात्मक छ । कर्णाली र नारायणी डेभलपमेन्ट बैंक नोक्सानीमा देखिएका हुन् । अघिल्लो आर्थिक वर्षमा सप्तकोशी, कर्पोरेट नारायणी विकास बैंक नोक्सानमा थिए । बजारमा तरलता अभावको चरम अवस्थालाई सदुपयोग गर्दा गर्दै यस पटक अधिकाम्स बैंक वित्तीय संस्थाले मुनाफा बढाउन सफल ।