Connect IPS
IME Life

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । अब उक्त ऋणपत्रमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले ६ वर्षे अवधिको वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५” नामको ऋणपत्र विक्री गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ताले हुन आउने २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्रीमा ल्याएको छ । कुल कित्ता ऋणपत्रमध्ये बैंकले ६० प्रतिशत अर्थात १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने ४० प्रतिशत अर्थात ८ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानीकोष सहित सर्वसाधारणमा विक्री गरिनेछ । सामूहिक लगानीकोषका लागि ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र छुट्याएर बाकी ७ लाख ६० हजार कित्ता ऋणपत्र भने सर्वसाधारणका लागि निष्काशन गरेको हो

Prabhu
Crest

उक्त ऋणपत्रलाई रेटिङ्गमा केयर रेटिङग नेपालले न्यून कर्जा जोखिमको संकेत गर्ने केयर एनपी डबल ए माईनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थालाई समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा प्रयाप्त मात्रामा सुरक्षित मानिने केयर रेटिङ्ग नेपालले जनाएको छ । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

उक्त ऋणपत्रमा विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सेवाका लागि अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर वेवसाइट र एप मार्फत पनि यो ऋणपत्र खरीद गर्न सकिने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS